हिमाल सफाइ अभियानका नेपाली सेनाको टोलीलाई महानगरको लोगो अंकित झण्डा हस्तान्तरण
पाेखरा | चैत १६, २०७९
पोखरा: अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गरिएको छ ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले सफाइ टोलीको नेतृत्व गर्नुभएका क्या.भीम बहादुर भुजेललाई महानगरपालिकाको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको हो ।
सो क्रममा प्रमुख आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथ मै रहेको बताउनुभयो । “पोखरा माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृखलाहरुको काखमा रहेको सहर हो, प्रमुख आचार्यले भन्नुभयो, हिमाल विनाको पोखरा हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।” पछिल्लो समय हिमालमा बढेको मानवीय क्रियाकलापका कारण भइरहेको वातावरण प्रदूषण गम्भीर चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो ।
सर्वसाधारणहरूको सहज पहुँच नपुग्ने र भौगोलिक तथा वातावरणीय अवस्थाका कारण पनि सफाइमा कठिनाइ हुने भएकाले यस कार्य लागि नेपाली सेनाले देखाएको तत्परता सह्रानीय भएको प्रमुख आचार्यले बताउनुभयो । सफा हिमालका लागि थालिएको यस अभियानमा सफाइकर्ताहरूको हौसलाका लागि पोखरा महानगरपालिकाको तर्फबाट नगद रु।१५ लाख सहयोग गरिने उहाँले बताउनुभयो । पोखरा सफा हिमाल अभियानको साथमा रहेको उहाँले विश्वास दिलाउनुभयो ।
नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति एवं उपरथी ९मेजर जनरल० दीपक कुमार बानियाँले नेपाली सेनाको स्वच्छ हिमाल अभियान अन्तरगत यस वर्ष अन्नपूर्ण हिमालको पनि सफाइ गर्न लागिएको बताउनुभयो । हिमाल र ती हिमालहरूको बेस क्याम्पहरूमा बढिरहेको मानवीय क्रियाकलापका कारण थुप्रिएको फोहोर व्यवस्थापन वातावरणीय दृष्किोणले पनि चुनौती र चिन्ताको विषय बनिरहेको उहाँले उल्लेख गर्नुभयो । सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरूमा सञ्चालन गरिने उपरथी बानियाँले बताउनुभयो । “नेपालका हिमालहरूमा थुप्रिएको फोहोर समयमा नै व्यवस्थापन गर्न सकियो भने गम्भीर प्रकृतिका वातावरणीय प्रभावबाट जोगिन सकिन्छ” उहाँले भन्नुभयो ।
यसअघि नेपाली सेनाले २०२१ मा धौलागिरि र सन २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीहरूले गर्ने पुर्वअभ्यासका क्रियाकलापहरू ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताउनुभयो । अन्नपूर्ण हिमाल आरोहण गर्नेहरू सङ्ख्यामा वृद्धि हुनु र हिमालमा धेरै फोहोर डम्प भइरहेको शेर्पाहरूको सुझावका आधारमा १० जनाको टोलीले सफाइ अभियान सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष नेपालको आर्थिक र नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायतका सङ्घसंस्थाहरूले प्राविधिक सहयोग गरेका छन् ।
“AN ENDEAVOUR TO SAVE THE HIMALAYAS” भन्ने मूल नाराका साथ सञ्चालन हुने उक्त अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू सङ्कलन गर्ने लक्ष्य लिइएको छ । नेपाली सेनाले विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ । विश्व वातावरण दिवसमा समापन गरिने उक्त अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

